Monday, January 18, 2016

वीरगन्जमा आन्दोलन फेरि चर्कियो,बजार र यातायात बन्द

वीरगन्ज, माघ ५ । प्रमुख तीन दलसंगको वार्ता निष्कर्ष बिहिन भएपछि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आन्दोलन चर्काएका छन् । सोमवार साँझ भएको वर्तामा कुनै निष्कर्ष ननिस्कएपछि मोर्चाका कार्यक्रता आन्दोलनमा ओर्लिएका हुन् ।

वीरगन्जमा करिब दुइ साता मधेसी दलको कुनै पनि प्रदर्शन नभएपछि लामो तथा छोटो दूरीका ट्रक , बस , टयाक्टर , जिप कार लगायत सार्वजनकि यातायातका सबै सवारी सधानहरु निर्वाध रुपमा सञ्चालनमा आएका थिए ।

मधेसीमोेर्चा फेरी आन्दोलनमा उत्रिएपछि मंगलवार देखि फेरी बजार बन्द भएको छ । उनिहरुले घण्टाघर , माइस्थान लगायतका चोकमा बिहानै देखि टायर बालेर प्रदर्शन गरिहरेका छन्। दुई साता पहिले स्थानीय व्यपारीहरुको सहमतिमा संघीय समावेशी मधेसी गठबन्धनले दिउसो २ बजे देखि बजार खुल्न दिने निर्णय भएको थियो ।

प्रहरीले तराइ मधेस विधार्थी फ्रन्टका बारा जिल्ला अध्यक्ष सन्तोष यादवलाइ बिहान परवानीपुरबाट पक्राउ गरेको छ। परवानीपुर बजारमा बिहान आन्दोलनकारीहरुले टायर बालेर प्रदर्शन गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय सिमराको प्रहरी टोलीले विधार्थी नेता यादवलाइ पक्राउ गरेको हो।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts