Tuesday, January 19, 2016

एसएसडीआरसीका बालबालिकाको लागि बिनोद कुँवरद्वारा उपहार प्रदान

काठमाडौं,माघ ५ । बिशेष स्कुल तथा पुनस्र्थापना केन्द्र (एसएसडीआरसी)का बालबालिकाको लागि एनआरएन आईसीसी कोरियाको प्रतिनिधी बिनोद कुँवरले गलबन्दी, ब्ल्याकेट र ओढ्ने सल उपहार दिनु भएको छ । कोरियावाट कुँवरले पठाउनु भएको उक्त सामाग्री अटिजम बालबालिकालाई संस्थापक तथा प्रमुख कार्यकारी निर्देशक सबिता उप्रेतीले प्रदान गर्नुभएको हो ।

कुँवरले काठमाडौंमा बढेको जाडोले बालबालिकामा असर नपरोस भनेर गलबन्दी, ४ वटा ब्ल्याकेट र केहि सस उपहारको रुपमा बिशेष स्कुल तथा पुनस्र्थापना केन्द्रलाई पठाउनु भएको थियो । अटिजम बालबालिकाहरुको हितमा काम गरेकी उप्रेतीलाई अटिजम बालबालिकाहरुलाई पुनर जीवन दिएका कारण सबितालनई यसअघि पनि कोरिया बासी नेपालीहरूले सम्मान गरेमा थिए ।

अन्तर्रास्ट्रियस्तरमा सम्मान पाई सकेकी सामाजिक अभियान्ता विशेष स्कुल तथा पुनःस्थापना केन्द्रकी संचालिका हुन् । एसएसडीआरसी बिगत छ बर्ष देखि पुरानो सिनामंगलमा संचालित एक गैह्र नाफामुलक सामाजिक संस्था हो जस्मा हाल ४० जना अटिजम भएका बालबालिकाहरुले सेवा पाइरहेका छ्न ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts