एजेन्सी,माघ ५ । इस्लामिक विद्रोही संगठन आइएसआइएसले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री मनोहर पर्रिकरलाई मार्ने धम्की दिएको छ । भारतीय सञ्चारमाध्यम आजतकका अनुसार मोदी र पर्रिकरलाई मार्ने धम्की दिएको आइएसले पठाएको पत्र गोवा राज्यको सचिवालयलाई प्राप्त भएको छ । गतसाता सचिवालयमा प्राप्त पत्रको अन्त्यमा आइएसको छाप रहेको आजतकले उल्लेख गरेको छ । पत्रको अन्त्यमा आइएसको छाप रहेको गोवा प्रहरीले जनाएको छ।
गतसाता गोवा राज्यको सचिवालयमा प्राप्त भएको पत्रमाथि छानबिन गर्ने जिम्मा प्रतिआतङ्कवादी एकाइको जिम्मा लगाइएको छ। गाईको मासु खान निषेध गरिएको भन्दै त्यसको जवाफ दिने पत्रमा उल्लेख भएको गोवा प्रहरीले जनाएको छ।
No comments:
Post a Comment