Thursday, January 14, 2016

पूर्वराजा ज्ञानेन्द्र शाहकै आमा रत्नसँग छैन नेपाली नागरिकता

काठमाडौं, माघ १ । खानेपानीको लाइन काटेपछि आफ्नो नाममा निवेदन दिँदा पूर्वराजा ज्ञानेन्द्र शाहकै आमा पूर्व मुमाबडामहारानी रत्नले आफूसँग नागरिकता नभएको खुलाइन्। ‘म त सबैकी रानी भएकाले किन नागरिकता बनाउने ?’ आफ्नै कर्मचारीलाई प्रश्न गरिन्।

८८ वर्ष उमेर पुगेकी रत्नको हालसम्म नागरिकता नभएपछि महेन्द्र मञ्जिलमा आफ्नै नाममा बत्ती, पानी र टेलिफोनको लाइन जोड्न समस्या भएको छ। तत्कालीन राजा महेन्द्रले आफ्नो परिवारका सदस्य १६ वर्ष पुग्नासाथ दरबारमै गएर नागरिकता बनाउने प्रचलन थियो। सबै राजपरिवारका सदस्यको नागरिकता बनाउँदा काठमाडौंका प्रमुख जिल्ला अधिकारी दरबारमै जाने प्रचलन थियो। नेपाल समाचार पत्र दैनिकमा समाचार छ।

नागरिकताको प्रसंग चल्दा रत्नले आफूले नागरिकता बनाउन कहिल्यै स्वीकार गरिनन्। झन्डै ९ दशक पुगेकी रत्नलाई आफूले नागरिकता नबनाएको विषयमा कुनै सुर्ता नभएको बताइन्। बरु अधिकांश काम गर्दा विश्वासिलो कर्मचारी र परिवारको सदस्यको नागरिकता प्रयोग गर्ने गरेकी छिन्।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts