Thursday, January 14, 2016

आज माघे संक्रान्ति,थारु समुदायमा माघी पर्व मनाइँदै

काठमाडौँ,माघ १ ।  आज माघे सक्रान्ति, सूर्य धनु राषीबाट मकर राशीमा प्रवेश गर्ने भएकाले माघे संक्रान्तिलाई मकर सक्रान्ति पनि भनिन्छ । चितवनको देवघाट, सुनसरीको बराहक्षेत्र, नुवाकोटको देवीघाट, बर्दियाको ठाकुरद्वार लगायतका स्थानमा स्नान गर्नेको बिहानैदेखि घुइचो लागेको छ । आज मिठा मिठा परिकार खिचडी, घिउ, चाकु, तरुल आदि खाने चलन छ ।

आजदेखि सूर्य दक्षिणायन हुने गर्दछ । थारु समुदायले आज माघी पर्व मनाउँदैछन् । नया वर्ष आरम्भका रुपमा लिइने माघी पर्वका अवसरमा थारु वस्तीमा गाउको मूलघरमा भेला भई खानपिन र नाचगान गरी रमाइलो गरिन्छ । थारु समुदायले बर्षभरिको कामको योजना बनाउने, मान्यजनहरुबाट आशिर्वाद थाप्ने र आफ्ना परम्परा अनि साँस्कृतिक उत्सव गरेर मनाउने गर्छन् । आजै थारु समुदायको माघी पर्व पनि शुरु भएको छ । पश्चिम नेपालको तराई तथा पहाडी क्षेत्रमा बिशेष रुपमा यो पर्व मनाउने गरिन्छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts