Tuesday, January 12, 2016

उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं,पुष २९ ।  केही दिनयता रापिलो घामको आनन्द लिइरहेका सर्वसाधारणले मंगलबारजस्तै आंशिक बदलीको सामना बिहीबारसम्म गर्नुपर्नेछ । उच्च हिमाली भेगमा पनि हिमपातको सम्भावना कायमै छ । मौसम पूर्वानुमान महाशाखाले बिहीबारसम्म आकाश बादलरहित नहुने जनाएको हो ।

‘बिहीबारसम्म देशका अधिकांश पहाडी भू–भागमा आंशिक बादल लाग्ने सम्भावना छ । पश्चिम वायु प्रभावले यस्तो अवस्था आएको हो । पश्चिम र पूर्वका उच्च हिमाली क्षेत्रमा हिमपात र पश्चिमी पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना त्यत्तिकै रहेको छ ।

‘काठमाडौंका हकमा पानी पर्ने कुनै सम्भावना देखिँदैन तर आंशिक बदली कायम रहन्छ, हिमाली भेगमा ‘बिहीबार हिमपातको सम्भावना बढी छ । ‘अहिले एक किसिमले पश्चिमी वायु प्रभावले यस्तो भएको छ । उता पाकिस्तानमा अर्को मौसम प्रणाली विकास हुन थालेको छ । त्यो पनि पश्चिम नेपालबाट भित्रिने सम्भावना छ, ‘त्यसैले पनि मौसम पूर्व रुपले सफा हुन शुक्रबारसम्म कुर्नैपर्छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts