Tuesday, January 12, 2016

कांग्रेस मुख्यालयमा अझै तीन अनशन टोली

काठमाडौ,पुष २९ । कांग्रेस पदाधिकारीको सोमबार बसेको बैठकले रौतहट, कैलाली, सोलुखुम्बुको नयाँ क्रियाशील सदस्यता १३ औ महाधिवेशनका लागि खारेज गरे पनि केन्द्रीय कार्यालय सानेपामा अझै तीन जिल्लाका समूह अनशन, बसेका छन् । पदाधिकारी बैठकको निर्णयका आधारमा सदस्यता खारेज गरिएपछि देउवा पक्षका जिल्ला सभापतिहरुले अनशन जारी राखेको नयाँ पत्रिकामा खबर छ ।

समान व्यवहार गर्न आवश्यक भएको भन्दै सोमबार पदाधिकारी बैठकले सोलुखुम्बका सबै गाविसमा १२ औ महाधिवेशनका क्रियाशील सदस्यहरुको नवीकरण दस्तुर केन्द्रमा बुझाउनेलाई तेह्रौ महाधिवेशनमा भाग लिन पाउने र नयाँ क्रियाशिलतर्फ सबै नामावली तेह्रौ महाधिवेशनका लागि स्थगन गर्ने निर्णय गरेको थियो । सो निर्णयपछि बलबहादुर केसीसहितको समूहले अनसन टुंग्याएको छ । तर, सभापति आङगेलु शेर्पा समूहको अनशन जारी छ । त्यस्तै कैलालीको एक समूहले अनशन टुंग्याए पनि अर्कोसमूहको अनशन जारी छ ।

रौतहटको चार क्षेत्रका पुराना क्रियाशील सदस्यको तेह्रो महाधिवेशनका लागि नवीकरण सूची मात्र लागू हुने, तर नयाँलाई भाग लिन नदिने निर्णय भएको थियो । यो जिल्लामा दुई क्षेत्रका नयाँ भाग लिन दिइएको छ । तर, अर्को समूहले अझै अनशन जारी राखेको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts