Wednesday, January 6, 2016

एन्फाका चार गाडी गायब

काठमाडौं,पुष २३ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले विभिन्न मितिमा खरिद गरेका चारवटा गाडी एन्फाको स्वामित्वमै नरहेको तथ्य फेला परेको छ । एन्फाको नाममा नामसारी नगरी अन्यत्रै प्रयोग र पुनः किनबेच हुँदै आएको छ । संसद्को सार्वजनिक लेखा समितिमा बुझाइएको लेखा परीक्षण प्रतिवेदनअनुसार एन्फाले २०६० यता ठूलो रकम खर्च गरेर चारवटा गाडी किनेको छ । एन्फाले खरिद गरेकामध्ये तीन गाडीको मात्रै एक करोड ३० लाख ४० हजार मूल्य पर्छ भने अर्को एक गाडीको मूल्य खुलेको छैन ।

ती गाडी खरिदबिक्री गर्दा अनिवार्य रुपमा जारी गर्नुपर्ने सार्वजनिक सूचनासमेत गरिएको छैन । गाडी खरिदसम्बन्धमा एन्फा कार्यसमितिबाट निर्णयसमेत गराइएको छैन, आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts