एजेन्सी,पुष २३ । बार्सिलोनाले क्लाटलान डर्बीमा स्पानियोललाई पराजित गरेको छ । बुधवार राती स्पेनिस कोपा डेल रे फुटबलको क्वाटर फाइनल प्रवेशका लागि भएको पहिलो लेगमा बार्सिलोनाले नौ खेलाडीमा सीमित स्पानियोललाई ४–१ ले हरायो । डिओप र आर्सेन्सिओ पेरेज दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि स्पानियोल नौ खेलाडीमा सीमित भएको थियो ।
बार्सिलोनाको घरेलु मैदान नाउक्याम्पमा भएको खेलमा स्पोनियोलले नवौं मिनेटमा नै काइसिडोको गोलबाट अग्रता लिएको थियो । तर त्यो गालको खुसी धेरैबेर टिक्न सकेन । बार्सिलोनाको जितमा लियोनल मेस्सीले दुई तथा जेराड पिके र नेइमारले एक एक गोल गरे ।
No comments:
Post a Comment