नयाँ दिल्ली, पुष २३ । भारत प्रशासित राज्य जम्मू–कश्मिरका मुख्यमन्त्री मुफ्ती सईदको निधन भएको छ । समाचार एजेन्सी पीटीआईले राज्यका शिक्षामन्त्री नईम अख्तरलाई उद्धृत गर्दैै मुख्यमन्त्री मुफ्तीको निधन पुष्टि गरेको हो ।अघिल्लो वर्ष भएको विधानसभा निर्वाचनमा जम्मु–कश्मिरमा मुफ्तीको पार्टी ‘पिपुल्स डेमोक्रेटिक पार्टी’ ले शानदार जित हासिल गरेको थियो । राज्यमा सो पार्टीले भारतीय जनता पार्टीको समर्थनमा सरकार गठन गरेको थियो ।
उनी फोक्सोमा संक्रमणका कारण विगत केही दिनदेखि दिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थान ९एम्स० मा उपचारार्थ भर्ना भएका थिए ।
पछिल्लो समय उनलाई भेन्टिलेटरमा राखिएको थियो । उनको पार्थिव शरीरलाई श्रीनगर लैजाने तयारी भइरहेको जनाइएको छ ।
No comments:
Post a Comment