काठमाडौं,पुष २३ । काठमाडौंको गोंगुब बसपार्क क्षेत्रमा ‘चोर’ पक्राउ गर्ने क्रममा गोली चलेको छ । सुन चोरीमा संलग्न एक जनालाई पक्राउ गर्ने क्रममा प्रहरीमाथि आक्रमण भएपछि प्रहरीले गोली चलाएको हो । न्यूरोडको एक सुन पसलमा भएको चोरीमा संलग्न दिलबहादुर पुन, उमेश तामाङ र सन्तोष बयलकोटीलाई पक्राउ गर्ने क्रममा उनका आफन्तले प्रहरीमाथि आक्रमण गरेका हुन् ।
जवाफी कारबाहीका क्रममा एक राउण्ड गोली चलाइएको महानगरीय अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनालले जानकारी दिनुभयो । प्रहरीले पुनसहित अर्का एक जना चिरन्जिबी पुनलाई पक्राउ गरेको छ । अमृत बराकोटी प्रहरीको गोली लागि घाइते भएका छन् । तिध्रामा गोली लागेका उनको शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ ।
No comments:
Post a Comment