काठमाडौं,पुष २३ । हरेक गृहमन्त्रीले आफ्नो मातहतमा रहेका सुरक्षा निकाय सुधार गर्ने विभिन्न योजना ल्याउने गर्छन् । भलै, त्यसरी ल्याएका योजनाहरु कार्यान्वयन भएका उदाहरण चाँहि विरलै छन् । वर्तमान गृहमन्त्री शक्तिबहादुर बस्नेतले पनि प्रहरी प्रशासन सुधार गर्ने त्यस्तै योजनाहरु सार्वजनिक गरेका छन् ।
केके छन् योजना ?
मन्त्री बस्नेतले प्रहरी कार्यलयको निवेदनको ढाँचा र कामको प्रकृतिमा एकरुपता ल्याउने बताएका छन् । त्यस्तै १०० नम्बरमा जुन जिल्लाबाट डायल गरेको हो, त्यहीँको जिल्ला प्रहरी कार्यलयमा उठ्ने गरी गुनासो सुन्ने व्यवस्था मिलाउने योजना पनि मन्त्री बस्नेतले सुनाएका छन् ।
त्यस्तै महानगरीय प्रहरीले विस्तार गरेको ‘हाम्रो पुलिस’ भन्ने मोबाइल एप्सलाई ‘देशैभरि विस्तार गर्ने’ पनि गृहमन्त्री बस्नेतको योजनामा छ ।
पनौतीमा निर्माण हुन लागेको नेपाल प्रहरीको एकेडेमी निर्माणको काम समझदारी अनुसार अगाडि बढ्ने र मातातीर्थमा बनिरहेको सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानको निर्माण कार्यलाई निरन्तरता दिने गृहमन्त्री बस्नेतले बताएका छन् ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा जनशक्ति अभाव सधैंको गुनासोको विषय बन्ने गरेको छ । त्यसलाई पनि आवश्यकता अनुसार दरवन्दी सिर्जना गरी प्रहरी चौकी स्थापनालाई प्राथमिकता दिने, औद्योगिक, सीमालगायतका क्षेत्रको सुरक्षामा खटिएको सशस्त्र प्रहरी बलको भूमिकालाई थप प्रभावकारी बनाउने सम्मका योजना मन्त्री बस्नेतले ल्याएका छन् ।
माओवादी द्वन्द्व समाप्त भएसँगै सामुदायिक प्रहरी सेवालाई प्रभावकारी बनाउने योजना पटक-पटक सार्वजनिक भएका थिए । तर, कार्यान्वयन प्रभावकारी हुन सकिरहेको छैन । गृहमन्त्री बस्नेतले सामुदायिक प्रहरीलाई समयानुकुल परिर्वतन गर्ने र ‘जनतासँग प्रहरी’ कार्यक्रम गर्ने योजना बनाएका छन् ।
नयाँ बनेको संविधानअनुसार गृहमन्त्रालयसँग सम्बन्धित कानुनहरु पनि आवश्यकता अनुसार प्रतिस्थापन, संशोधन तथा खारेजीको प्रक्रिया अगाडि बढाउने मन्त्री बस्नेतको योजना छ ।
http://bit.ly/1OhSvhh
No comments:
Post a Comment