एजेन्सी । क्रोयसियाकी राष्ट्रपति कोलिन्दा ग्रेबर विकिनी पहिरनका कारण पछिल्लो समय चर्चामा आएकी छन् । समाजिक सञ्जालमा उनको अनुहार मिल्ने एउटा विकनी तस्बिर सार्वजनिक भएपछि सुन्दरी राष्ट्रपतिले चिनिने उनि ४७ वर्षकी कोलिन्दा चर्चामा आएकी हुन् । कोलिन्दा, क्रोयशियाकी पहिली महिला राष्ट्रपति हुन् र उनी यो पदमा १९ फेब्रुअरीमा निर्वाचित भएकी थिइन् । ४७ वर्षीया राष्ट्रपतिको विवाह १९९६ मा जैकव क्रित्रोविकसँग भयो र उनको दुई बच्चा पनि छन् । सन् २००५ देखि २००८ सम्म विदेशमन्त्री बनेकी उनि क्रोयसियाकी प्रथम महिला राष्ट्रपति हुन् ।
अहिले सामाजिक सञ्जालमा चर्चा कमाइरहेका छन् । उनि समुद्री तटमा घुम्न गएका बेला खिचेका तस्बिर इन्टरनेटमा भाइरल बनेका हुन् । तर खासमा उक्त तस्बिर उनको नभइ एउटी मोडलको भएको बताइएको छ। ती मोडल हुन् कोको अस्टिन। मियामीमा आफ्ना श्रीमानसँग सन् २००९ मा घुम्न गएका बेला पापाराजी फोटोग्राफरले उनको तस्बिर खिचेका थिए। त्यही तस्बिरलाई एक ट्विटर प्रयोगकर्ताले क्रोयसियाली राष्ट्रपति भन्दै सार्वजनिक गरेपछि उनको चर्चा सर्वत्र भइरहेको छ।
No comments:
Post a Comment