महोत्तरी,पुष २३ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले केपी शर्मा ओलीको सरकारले मधेसको समस्या समाधान गर्न नसक्ने बताएका छन् । कार्यकर्ता भेटघाटका लागि बुधबार महोत्तरीको बर्दिवास आएका नेता थापाले संविधान कार्यान्वयन गर्न मधेसको मागलाई सरकारले सम्मानपूर्वक संविधान संशोधन गरेर पूरा गर्नुपर्ने दाबी पनि गरे ।
मधेसी मोर्चाले उठाएको समावेशी समानुपातिकको माग मधेसको मात्र नभई सम्पूर्ण नेपाली जनताको माग भएकाले आफूहरुले संविधान संशोधनको प्रस्तावमा राखेको युवा नेता थापाले बताए । त्यस्तै नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले एमालेसँग सरकारमा जाँदाको बाध्यताले काँग्रेसले केही गल्ती गरेको बताउँदै काँग्रेसले त्यो गल्ती सच्याएर अघि बढ्ने बताएका छन्। उनले त्यो गल्ती सच्याउने बाटोमा कांग्रे अघि बढेको बताए।
संविधान कार्यान्वयन गर्न मधेसको मागलाई सरकारले सम्मानपूर्वक संविधान संशोधन गरेर पूरा गर्नुपर्ने नेता थापाले बताए।कार्यकर्ता भेटघाटकालागि बुधबार महोत्तरीको बर्दिवास आएका नेता थापाले केपी शर्मा ओलीको सरकारले मधेसको समस्या समाधान गर्न नसक्ने दाबी पनि गरे।
मधेसी मोर्चाले उठाएको समावेशी समानुपातिकको माग मधेसको मात्र नभई सम्पूर्ण नेपाली जनताको माग भएकाले आफूहरुले संविधान संशोधनको प्रस्तावमा राखेको युवा नेता थापाले बताए।
No comments:
Post a Comment