जनकपुर,पुष २३ । जनकपुरको जानकी चोकमा मोर्चा कार्यकर्ता र स्थानीयबीच झडप भएको छ । मोर्चा कार्यकर्ताले पसल बन्द गराउँदै हिडेपछि व्यापारीरव्यावसायीले अवरोध गरेका हुन् । पसल बन्द गराउन दवावदिदै मोटरसाइकल जुलुससहित बजार निसकेका मोर्चा कार्यकर्तालाई व्यापारीहरूले प्रतिवाद गरेका थिए ।
प्रतिकारकाक्रममा सद्भावना पार्टी अध्यक्ष संजय सिंहको ज २ प ५४१९ नम्बर र तमसपा जिल्ला अध्यक्ष रूपनारायण मण्डलको ज ३ प २९९१ नम्बरको मोटरसाइकलमा आगजनी भएको छ। दुबै मोटरसाइकल पूर्ण क्षति भएको छ।
No comments:
Post a Comment