धादिङ,माघ ११ । बहुचर्चित र राष्ट्रिय गौरवको आयोजनाका रुपमा हेरिएको बुढीगण्डकी आयोजना प्रभावित क्षेत्रका बासिन्दाले वैशाख १२ को विनाशकारी भूकम्पका कारण पाएको पीडामाथि बूढीगण्डकी परियोजनाले थप पीडा थपिदिएको गुनासो गरेका छन् ।
बूढीगण्डकी जलविद्युत आयोजना विकास समितिले ३५ महिना लगाएर गरेको वातावरणीय प्रभाव मूल्यांकन अध्ययन प्रतिवेदनका विषयमा प्रभावित क्षेत्रका बासिन्दासँग गरेको सार्वजनिक सुनुवाईमा अधिकांश स्थानीयहरुले बूढीगण्डकी परियोजनाले भूकम्पपीडितहरुको पीडामाथि थप पीडा थपिदिएको बताए ।
वातावरणीय प्रभाव अध्ययन प्रतिवेदन अनुसार बूढीगण्डकी परियोजना सम्पन्न गर्न २ खर्ब ५४ अर्ब ९५ करोड ५० लाख लाग्ने अनुमान गरिएको छ । परियोजाको विस्तृत खाका पनि तयार भइसकेको छ । बूढीगण्डकी जलविद्युत्त आयोजना विकास समितिका कार्यकारी निर्देशक गोपालका बस्नेतका अनुसार टेन्डर प्रक्रियालाई एक वर्षको समयावधि राखेर अब यही गतिमा काम सुरु गर्दै जाने हो भने ७ वर्ष १० महिनामा बूढीगण्डकीबाट विद्युत उत्पादन सुरु हुन्छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
No comments:
Post a Comment