काठमाडौं,माघ ११ । आन्दोलनरत मधेसी मोर्चाको धर्नासँगै करिब चार महिनादेखि ठप्प वीरगन्ज नाका पछिल्ला दिन केही खुकुलो हुँदै गएको छ। दबाबमा आन्दोलनकारी केही नरम देखिएपछि १० दिनअघि भरियामार्फत सामान भित्रिन थालेकोमा दुई दिनयता ठेला र टायरगाढा पनि निर्बाध आइरहेका आजको नागरिक दैनिकमा खबर छ ।
आन्दोलनसँगै असुरक्षा बढेको कारण देखाएर सामान चेकजाँच रोकेको भारतीय भन्सारले पनि कागजी प्रक्रिया पुर्याएर सामान छाडिदिन थालेको छ। रातको समयमा धर्नाकारी उपस्थिति पातचलिएपछि स्थानीय व्यवसायी र तिनका ढुवानीकर्ताले सामान भित्र्याइरहेका छन्।
कात्तिकयता लक्ष्यको १ देखि २ प्रतिशतभन्दा राजस्व उठाउन नसकेको वीरगन्ज भन्सार कार्यालयमा रातिराति टायरगाडामा मालबस्तु आयात हुन थालेपछि भने राजस्व संकलन पनि केही बढेको छ। केही दिनयता दैनिक ३० लाख हाराहारीमा राजस्व उठ्न थालेको भन्सार प्रवक्ता सुशील शर्माले जानकारी दिए। सामान्य अवस्थामा यो नाकाबाट दैनिक ३० करोड राजस्व संकलन हुँदै आएको थियो ।
दिउसो कागजी प्रक्रिया पूरा गरेर रातीराती सामान सीमापार गराउन थालिएको छ ।
No comments:
Post a Comment