म्याग्दी, माघ १० । हिस्तान गाविस–९ बस्ने ३५ बर्षीय हिक बहादुर पुर्जालाई प्रहरीले १ थान चितुवाको छाला, चितुवाको दाँत, चितुवा मार्न प्रयोग भएको पासो सहित पक्राउ गरेको छ ।
पुर्जाले चितुवा मारी छाला राखेको छ भन्ने सूचना प्राप्त भएपछि सिमा प्रहरी चौकी भुरुङतातोपानी र प्रहरी चौकी शिखघाराबाट खटिएको प्रहरी टोली शनिबार उनको घरमा पुदा घर नजिक शौचालयको काठमा काँटी ठोकी सुकाई राखेको अवस्थामा ४० इन्च लम्वाईको शरीर, ३० इन्च लामो पुच्छर र १८ इन्च चौडाई भएको उक्त छाला तथा दाँत बराबद भएको थियो ।
No comments:
Post a Comment