Sunday, January 24, 2016

दाउरा प्रहारबाट मृत्यु

मकवानपुर, माघ १० । मनहरी–५ नयाँबस्ती बस्ने ६० बर्षीया माईली प्रजाको दाउरा प्रहारबाट मृत्यु भएको छ । सोही ठाउँ बस्ने ६० बर्षीय दिल बहादुर प्रजा र राक्सिराङ घर भई उक्त बस्तीमा मजदुरी काम गरी बस्ने २२ बर्षीय शुभाष लामा बिच शनिबार मादक पदार्थ सेवन गरी झगडा हुँदा लामाले दाउराले हान्न खोज्दा दिल बहादुरलाई नलागी मृतक माइली प्रजालाई लागेको थियो ।

निधारमा चोट लागेर गम्भीर घाइते भएकी उनलाई उपचारको लागि नयाँ मेडीकल कलेज भरतपुर चितवन लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts