काठमाडौं,पुष २३ । सर्वोच्च अदालतले ओखलढुङ्गाका उज्जनकुमार श्रेष्ठको हत्यामा दोषी ठहर भएका एकीकृत नेकपा माओवादीका पूर्वसभासद बालकृष्ण ढुंगेलले उन्मुक्ती नपाउने फैसला सुनाएको छ । श्रेष्ठको हत्या प्रकरण सम्वन्धी मुद्दामा सावित्री श्रेष्ठले दायर गरेको मुद्दामा फैसला सुनाउँदै बिहीबार उक्त आदेश दिएको हो। यसअघि अदालतले गरेको सर्वस्वसहित जन्मकैदको फैसला कार्यान्वयन हुनुपर्ने भन्दै सर्वोच्चले यस्तो आदेश दिएको हो। प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश गोपाल पराजुली र ओमप्रकाश मिश्रको सयुक्त इजलाशले श्रेष्ठले दायर गरेको रिटमा फैसला सुनाएको हो । उनी पहिलो संविधानसभाका सदस्य समेत थिए । जनयुद्धकालिन मुद्दा ब्युँताउन खोजिएको भन्दै माओवादी पार्टीहरुले विरोध गरेपछि अदालतको फैसला कार्यान्वनय गरिएको थिएन ।
उज्जनको हत्या २०५५ असार १० गते ओखलढुंगा–७, तार्केबारीमा भएको हो। अर्का भाई गणेशको पनि उजुरी गरेको आरोपमा गणेशको २०५९ साल मंसिर ६ गते खेतमा काम गरिरहेका बेला रामेछाप, साँघुटारमा गोली हानी हत्या गरिएको थियो। माओवादी पार्टीहरुले भने जनयुद्धकालिन मुद्दाहरुलाई सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत हल गरिनुपर्ने बताउँदै आएका छन् । जनयुद्धकालका एक एक घटना ब्युँताउदै माओवादी सिध्याउने षड्यन्त्र गरिएको भन्दै माओवादीहरुले विरोध गर्दै आएका छन् ।
No comments:
Post a Comment