Thursday, January 7, 2016

संविधान संशोधन विधेयकमाथि संशोधन दर्ता गराउने क्रम सुरु

काठमाडौं,पुष २३ । संविधान संशोधन विधेयकमाथि संशोधन दर्ता गराउने क्रम सुरू भएको छ। संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावमा नेपाली कांग्रेस र केही अन्य सासंदगरि बिहीबार अपरान्हसम्म ९ जनाले संविधान संशोधन विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराएका छन्। संशोधन प्रस्ताव दर्ता गर्ने ७२ घण्टाको समय सकिनुअघि नेपाली कांग्रेसका विमलेन्द्र नीधि, फरमुल्लाह मन्सुर, मिनेन्द्र रिजाल र रोमी गौचन थकालीले संशोधन प्रस्ताव दर्ता गराएका हुन् । संसद सचिवालयले बिहीबार पाँच बजेसम्म सो विधेयकमाथि संशोधन दर्ता गराउने समय तोकेको थियो।

कांग्रेसको संशोधन प्रस्तावमा अन्तरिम संविधानको व्यवस्था अनुसार निर्वाचन क्षेत्र निर्धारण गर्नु पर्ने प्रस्ताव गरिएको छ । संशोधन दर्ता गराउने समयअवधि भित्र एमाले, एमाओवादी र मधेसी दलका सांसदहरुले भने कुनैपनि संशोधन दर्ता गराएका छैनन् ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts