Thursday, January 7, 2016

वीरेन्द्रको बुलेटप्रुफ गाडी अलपत्र

काठमाडौं,पुष २४ । नारायणहिटी दरबार संग्राहलय परिसरभित्र छ राहदानी विभाग। दरबारको पश्चिमी ढोकाबाट प्रवेश गरे पुगिन्छ विभागमा, जहाँ २०६५ साल जेठसम्म पूर्वराजा ज्ञानेन्द्र शाहको निजी सचिवालय थियो।   दरबारको मुख्य भवन र विभागबीच केही खाली ठाउँ छ। त्यहाँ केही फोहर राख्ने भाँडासँगै भेटिन्छ, कालो रंगको कार। दिनको हजारभन्दा बढी मानिस पासपोर्ट लिन पुग्छन्। तर न कसैको ध्यान त्यो कारमा छ न त्यो कारले कसैलाई आकर्षण गर्न।कारका दुवै लुकिङ ग्यास फुटेका छन् नागरिक दैनिकमा समाचार छ।  कार धुलाम्य छ। धुलोले कारको वास्तविक रंग कालो हो कि खैरै, छुट्याउन गाह्रो पर्छ।

बा १ च १२९४ नम्बरको कारको अठाडिपट्टी नम्बर प्लेटको थोरै माथि अंग्रेजीमा लेखिएको छ मर्सिडिज बेन्ज। वर्षौ भयो यो मर्सिडिज बेन्ज त्यहाँ थन्केको। कसैले मेरो हो भन्दै दाबी गर्न आएको छैन। राहदानी विभागको कम्पाउन्डभित्र रहेको यो कार कसको हो भन्नेबारे विभाग बेखबर छ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts