काठमाडौं,माघ ५ । बंगलादेशमा जारी बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज माल्दिभ्सको सामना गर्नेछ । नेपाल समूह बीको उपविजेता र माल्दिभ्स समूह एको समुहको विजेता बन्दै सेमिफाइनल पुगेका यी दुईबीचको भिडन्त नेपाली समय अनुसार बेलुका पौने ६ बजे सुरु हुनेछ ।
समूह चरणमा श्रीलंकालाई हराएपनि मलेसियाको फेल्डा युनाइटेड क्लब र आयोजक बंगलादेशसँग बराबरी खेल्दै नेपाल सेमिफाइनल पुगेको हो ।
आजको खेल विजेताले उपाधिका लागि बहराइनको २३ वर्ष मुनीको टिमसंग खेल्नेछ । बहराइनले हिजो भएको पहिलो सेमिफाइनलमा आयोजक बंगलादेशलाई १–० ले स्तब्ध पार्दै फाइनलमा ठाउँ पक्का गरेको हो ।
No comments:
Post a Comment