काठमाडौं,माघ ३ । चार महिनादेखि तराईमा आन्दोलनरत दलहरु तीन महिनाभित्र सीमांकनबारे निर्णय गर्ने गरी सबै दल सम्मिलित राजनीतिक संयन्त्र बनाउन सहमतिनजिक पुगेका छन् । जारी आन्दोलनलाई संयन्त्र बनाएर निकास दिन सत्तापक्ष, प्रतिपक्ष र मधेसी दल शनिबार सहमतिनजिक पुगेका हुन् ।
सत्तापक्ष र प्रतिपक्षी दलले त्याएको तीन महिनाभित्र मधेसी दलको प्रतिनिधिसमेत सम्मिलित राजनीतिक संयन्त्रबाट सीमांकनका विवाद टुंग्याउने प्रस्ताव मधेसी दलहरुले स्वीकार गरेका हुन् । सत्ता पक्ष र प्रतिपक्षले शनिबार पाँचबुँदे प्रस्ताव मधेसी दलसँग राखेका थिए । यद्यपि, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मधेसमा दुई प्रदेश हुने गरी सीमांकन परिवर्तन गर्न माग गरेको छ । मोर्चाले सीमांकन परिवर्तन गरी कञ्चनपुरदेखि झापासम्मको मधेसमा दुई प्रदेश बनाउन मुख्य दल तयार हुनुपर्ने धारणा ल्याएको हो । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
No comments:
Post a Comment