Saturday, January 16, 2016

वैद्य माओवादीले स्थानीय चुनावमा भाग लिने

काठमाडौं,माघ ३ । ३३ दलीय मोर्चा बनाएर दोस्रो संविधानसभा निर्वाचनमा अवरोधको प्रयाससहित बहिस्कार गरेको मोहन वैद्य नेतृत्वको नेकपा माओवादी अहिले नयाँ संविधानबमोजिम हुने निर्वाचनमा भाग लिने निष्कर्षमा पुुगेको छ । परी थापा नेतृत्वको नेकपा (एकीकृत)सँगको एकतापछि बनेको क्रान्तिकारी माओवादीले पहिलो चरणमा स्थानीय निर्वाचनमा भाग लिने भएको हो ।

‘हाम्रो ताकतले न संविधानसभा भत्काउन सकियो, न त संविधान रोक्न । अब के गर्ने भन्ने पार्टीमा बहस छ । स्थानीय निर्वाचनमा जानुपर्छ की भन्ने बहस पार्टीमा छ,’ संविधान जारी भएको पाँचौं दिन ८ असोजमा पार्टीको नेवाः राज्य कार्यालय कुपन्डोलमा आयोजित कार्यकर्ता प्रशिक्षणमा वैद्यले पहिलोपट कार्यकर्तामाझ स्थानीय चुनावमा जान सकिने संकेत गरेका थिए । वैद्य माओवादी नेताहरुमा कार्यनीतिक नाराका रुपमा चुनावलाई उपयोग गर्नुपर्छ भन्ने मत अधिक छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts