Saturday, January 16, 2016

संस्कृत विश्वविद्यालयमा ९ महिनादेखि ताला

दाङ,माघ ३ । शैक्षिक संस्थालाई बन्द हड्तालमुक्त बनाउनुपर्ने आवाज उठिरहेका बेला मुलुककै एकमात्र संस्कृत विश्वविद्यालयमा ९ महिनादेखि ताला लागेको छ । दाङको बेलझुन्डीमा केन्द्रीय कार्यालय रहेको नेपालको दोस्रो ठूलो विश्वविद्यालयको मूल ढोकामा ९ महिनादेखि ताला झुन्डिएको हो ।

राजनीतिक कारणले लगाइएको यो ताला खोल्न न सरकार अग्रसर देखिएको छ न त विश्वविद्यालय र आन्दोलनरत पक्ष नै । विश्वविद्यालय राजनीतिककरणको यस्तो सिकार भएको छ कि कुनै वेला यहाँ ६ वटासम्म पनि ताला लगाइएका थिए । तीमध्ये ५ वटा खुले पनि एमालेनिकट विद्यार्थी संगठनले लगाएको ताला अहिलेसम्म खुल्न सकेको छैन । आजको कारोबार दैनिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts