Sunday, January 17, 2016

हिमालयन परिवार म्युनिख जर्मनीद्वारा ब्लाङकेट र जस्तापाता वितरण

काठमाडौं, माघ ४ । बैशाख १२ र २९ गते गएको विनाशकारी भूकम्पवाट अति प्रभावित काभ्रेको माझीफेदा ,सिन्धुपाल्चोकको सिपामाबी,दोलखाको भेद्पू स्कुल र लिसंखु गाबिस सिन्धुपाल्चोकको सुदूर गाविस लिशंखुमा हिमालयन परिवार म्युनिख जर्मनीले फेरी भूकम्प पिडितलाई पीडालाई भुलाउने काम गरेको छ ।

हिमालयन परिवार म्युनिख जर्मनीले लिशंखु वडा नं. ५, ६, ७ र ९ का १ सय ६० घर परिवारलाई व्ल्यांकेट वितरण ब्लाङकेट वितरण गरेको छ । सिन्धुपाल्चोक जिल्लाको घुम्तांग गाबिसमा वडा नं। ७ अमलडाडाक ७० घर धुरीलाई जस्ता पाता उपलब्ध गराउनका साथै सोहि ठाउमा स्वस्थ चौकी स्थापनाको लागि जस्ता पाता लगाएतका सामग्री वितरण गरिएको संस्थाको अध्क्षय हरि बहादुर न्यौपाने बताएका छन् ।

हिमालयन परिवार म्युनिखले समाजिक कार्यमा क्रियाशिल संस्था हो । जर्मनीको म्युनिखमा बसोबास गर्ने आफ्नो मातृभूमिको माया मन मुटु राख्ने नेपाली हरुको सामाजिक सस्थाले मातृभूमिलाइ आपत बिपतमा मलमपट्टी लगाउने काम गदै आएको छ । यसअघि पनि प्रभावित काभ्रे माझिफेडा गाविसका ७ सय २३ घर धुरीलाई राहत सामाग्री वितरण गरेको थियो । संस्थाले यसअघि पनि विभिन्न काम हरु गरेको छ । यस्तो छ हिमालयन परिवार म्युनिखले समाजिक कार्यमा विवरण
१• हरेक नेपालीका सांस्कृतिक चाडपर्वहरु ( दशैं, तिहार, नेपाली नयाँहरु, ल्होसार,तीज जस्ता चाडपर्वहरुको आयोजना। •
२• सामाजिक कार्यहरुमध्ये भुटानी मानव अधिकारवादी नेता टेकनाथ रिजालको नेतृत्वमा नेपालीमूलका भूटानीहरुको उद्दारका लागि गरिएको आर्थिक सहयोग ।
३.विभिन्न समयमा हुन गएका प्राकृतिकप्रकोपहरु बाढीपिढीतलाई आर्थिक सहयोग |
४.नेपाल भ्रमण २०११ आफ्नै आर्थिक लगानीमा सयौ सहभागि र दर्जनौ अन्य बिदेशी संस्थाहरुलाई समेत सहभागी गराईएको |
५. हजारौको संख्यामा सहभागि गराएर नेपाली राजदुताबासको सहभागितामा नेपाल डे (Nepal Day Munich) कार्यक्रमा सम्पन्न गरेको •
६ • सामाजिक अभियन्ता पुष्पा बस्नेतको संस्थालाई गरिएको आर्थिक सहयोग ।
७ • अनाथ बालकहरुको लागि स्थापना गरिएको संस्था मामाघरलाई बिगत ३ वर्ष देखि गरिएको आर्थिक सहयोग ।
८ • विभिन्न कारणले जेल जीबन बिताउन बाध्य नेपालीलाई त्यहाबाट मुक्त गर्ने वा उनीहरुको इछ्छामा मातृभुमि पठाउइदिने व्यवास्था गर्दै रहेको |
९ . भाषागत समस्या र प्रशासनिक ठाउँहरुहरुमा दोभासेको भूमिका खेल्दै आएको ।
१० . कागजी माम्लामा फसेका अर्थात अप्ठ्यारामा परेका नेपालीदाजुभाइ तथा दिदीबहिनीहरुलाई नेपाली राजदुताबाससंग सहजकर्ताको भूमिका अनवरत भूमिका खेलेको
११ . भुटानी ,तिब्बेती ट्राभल डकुमेन्ट लिएर बस्दै स्थाई बसोबास गर्नुहुने दाजुभाइ तथा दिदीबहिनीहरुलाई नेपाल भ्रमणको लागि पर्दै गरेको ठुलो समस्या वा लगाइएको रोक वा असुविधालाई नेपाली कन्सुलर Mr. ग्राइजेल र भुतपुर्ब जर्मनी राजदुत Mr. रिङ्ग संग सहकार्य गर्दै पररास्ट्र मन्त्रालयको बैठकमा अप्रतक्ष वा प्रतक्ष भूमिका खेल्दै सजिलै नेपालको लागि भिषा पाउन व्यवास्था गर्न सफल भएको !
१२ • नेपाली भाषाको बिकास र प्रवर्धनका लागि नेपाली भाषा पाठशाला स्थापना ।
१४ • भूकम्प पीडितहरुको लागि राहत संकलन गर्ने योजना अन्तर्गत संपूर्ण नेपालीहरुको भेला आयोजना गरिएको।
१५ . नेपाली सपुतहरु भानुभक्त लक्ष्मीप्रसाद देवकोटा जयन्तिको आयोजना गर्ने
१६. नेपालीहरुलाई रोजगार र स्वभालम्बी बनाउन NRNA जर्मनीसंग सहकार्य गर्दै सयुक्त लगानीको लागि चियागफ कार्यक्रम गराइएको
१७. नेपाली कला संस्कृतिलाई जगेर्ना गर्ने हेतुले अन्तराष्ट्रिय कलाकारमंचलाई आर्थीक सहयोग गरेको आर्थिक सहयोग गर्दै रहेको
१६. भक्तपुर जिल्लाको मनोहोरा छेत्रमा बस्ने सुकुम्बासीहरुको लागि विभिन्न समयमा राहतका साथै करिब १२० परिवारलाइ कम्बल, खाधान्न उपलब्ध गराएको.
१७. दोलखाको लागि स्कुललाई सरस्वति कोसिंगरले हिमालयन परिवारको राहत कोषको खातामामा १७०० यूरो बराबरको रक़म
१८. भूकम्पको बिपत्तिमा काभ्रेको माझीफेदा ,सिन्धुपाल्चोकको सिपा माबी , दोलखाको भेद्पू स्कुल र लिसंखु गाबिस जस्ता रहेकाछन् सिन्धुपाल्चोकको सुदूर गाविस लिशंखु वडा नं. ५, ६, ७ र ९ का १ सय ६० घर परिवारलाई व्ल्यांकेट वितरण गरिएको ।
१९ २०७२ साल माघ महिनाको ४ गते सिन्धुपाल्चोक जिल्लाको घुम्तांग गाबिसमा वडा नं. ७ अमलडाडाक ७० घर धुरीलाई जस्ता पाता उपलब्ध गराउनका साथै सोहि ठाउमा स्वस्थ चौकी स्थापनाको लागि जस्ता पाता लगाएतका सामग्री वितरण गरियो !
हरि न्यौपाने –
अदक्ष्य
हिमालयन परिवार eV. म्युनिख

नेपाल क्रायक्रम संयोजक
रोहित कुमार न्यौपाने

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts