एजेन्सी,माघ ४ । स्पेनिस ला लिगामा फ्रान्सेली फुटबल लिजेन्ड जिनेदिन जिदानले प्रशिक्षकको रुपमा रियल मड्रिडलाई दोस्रो खेलमा पनि फराकिलो सफलता दिएका छन् । सुरुवाती गोल गरेका बेल पहिलो हाफ अघि नै चोटका कारण मैदानबाट बाहिरिए । बेलले गोल गरेको दुई मिनेट पछि क्रिष्टियानो रोनाल्डोले रियलको अग्रता दोब्बर पारे । १२ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई ३–० को अग्रता दिलाए । १८ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरेपछि रियलको अग्रता ४–० मा पुग्यो ।
४१ औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गरेपछि रियलले पहिलो हाफमा ५–० को अग्रता लियो । गिजोनका लागि खेलको ६२ औं मिनेटमा लोपेजले एक सान्तवना गोल फर्काए । यो जितपछि रियल २० खेलबाट ४३ अंकसहित लिगको दोस्रो स्थानमा उक्लेको छ । रियलले भन्दा २ खेल कम खेलेको बार्सिलोना ४२ अंकसहित लिगको तेस्रो स्थानमा छ । रियलको सहरी प्रतिद्वन्द्वी एट्लेटिको मड्रिड २० खेलबाट ४७ अंकसहित लिगको शीर्ष स्थानमा छ ।
No comments:
Post a Comment