Sunday, January 17, 2016

पार्टीले गरेका निर्णय र सहमतिको पक्षमा उभिन सांसदहरुलाई ओलीको निर्देशन

काठमाडौं,माघ ४ । एमाले संसदीय दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीले गरेका निर्णय र सहमति कार्यान्वयनको पक्षमा उभिन सांसदहरुलाई निर्देशन दिनुभएको छ । बालुवाटारमा सोमबार बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले पहिलो संविधानसभाजस्तै गरी दोस्रो संविधानसभालाई पनि असफल बनाउन चाहने शक्तिले संविधान जारी भएपछि त्यसको बदला एमालेसँग लिन खोजेको भन्दै संविधान संशोधनका लागि सांसदहरुलाई प्रभावकारी भूमिका खेल्न निर्देशन दिनुभएको छ ।

उनले एमालेका हरेक तहका नेता कार्यकर्ताले राष्ट्रिय एकता र विकासप्रति सचेत भएर पाइला चाल्नु पर्ने वताए । ‘संविधानको पक्षमा बोल्नु हुँदैन, देशको विकासको पक्षमा बोल्नु हुँदैन भनिरहेका छन्’ प्रधानमन्त्री ओलीले भने, ‘यो सरकारले केही गरेर देखाए जनतामा आशावादीता बढ्छ र केही गर्न नसक्ने करार गर्नसके त्यसैबाट निराशा उत्पन्न हुन्छ र निराशामा खेलेर फेरि पुरानै स्थितिमा फर्काउन सकिन्छ भन्ने उनीहरुको सोच छ ।’ बैठकमा वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपालले सरकारको काम कारबाही प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको उहाँले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts