काठमाडौं,माघ ४ । उपचारको लागि भन्दै तीन साताअघि दिल्ली गएका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आइबार स्वदेश फर्किएसँगै राजनीतिक भेटघाटलाई तीब्रता दिएका छन् । सोमबार बिहान महतोले कांग्रेस सभापति तथा विपक्षी दलका नेता सुशील कोइरालासँग भेट गरेका छन् । कोइराला निवास महाराजगञ्जमा भएको भेटवार्तामा समसामयिक राजनीतिक अवस्था र मधेस आन्दोलनको विषयमा छलफल भएको बताइएको छ । यस्तै महतोले आज कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा, एमाओवादी अध्यक्ष प्रचण्डलगायतसँग पनि भेटवार्ता गर्ने बुझिएको छ ।
आइतबार स्वदेश फर्किएलगत्तै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरागर्दै आफू प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएकाले काठमाडौं आएको बताएका महतोले सोहि दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत भेटेका थिए । आफूसँग माफी नमागेसम्म प्रधानमन्त्री ओलीलाई नभेट्ने अडान लिएका उनी त्यसलाई तोड्दै झण्डै एक वर्षपछि ओली भेट्न बालुवाटार पुगेका हुन् । प्रधानमन्त्रीसँग फोनमा सौहार्दपूर्ण ढंगले कुराकानी भएको तथा वार्तालाई सफल बनाउन वातावरण बनाउने भरपर्दो आस्वासन पाएपछि आफू काठमाडौं आएको र सोहि अनुसार ओलीलाई भेटेको उनको प्रष्टिकरण थियो । एक वर्षअघि वालुवाटार बैठकमा महतोले नेपालको समथर तराईलाई मधेस प्रदेश बनाउनु पर्ने अडान लिएपछि ओलीले जंगिँदै ‘विहार र यूपीलाई पनि मधेसमै मिलाएहुन्छ’ भन्दै जवाफ फर्कएका थिए । यही अभिव्यक्तिलाई लिएर उनले माफी माग्नुपर्ने महतोको माग थियो रातोपाटीमा समाचार छ । यसो त महतो काठमाडौंसँग सम्बन्धविच्छेद भएको भन्दै मधेस झरेर उतैतिर आन्दोलनमा सरिकमात्रै भएका थिएनन्, उग्र अभिव्यक्तिसमेत दिँदै आएका थिए ।
प्रधानमन्त्रीलाइ भेटेलगत्तै फेरि लैनचौरस्थित भारतीय दूतबासमा पुगेर उनले भारतीय राजदूत रञ्जित रेलाई भेटेको बताइएको छ । यद्यपी राजदुतसँग के विषयमा कुरा भयो भन्ने बारे खुल्न सकेको छैन । तर, मधेसको समस्या समाधानको लागि मोर्चा सम्मिलित कार्यदलमा भएको छलफल र त्यसले लिएको सहमतिको आकारको विषयमा छलफल केन्द्रीत रहेको बताइएको छ ।
No comments:
Post a Comment