Tuesday, January 19, 2016

भूकम्पपीडितको बिलौना– राहत त के पीडित परिचय पत्र समेत पाइनँ

गोरखा, माघ ६ । गोरखा मुच्चोक–२ ढिस्काकी सावित्री सुनार मंगलवार जिल्ला प्रशासन कार्यलयअगाडि सुकसुकाइरहेकी थिइन्। ९ महिने छोरी अप्सरा र ७० वर्षे आमा सुकमायालाई सँगै लिएर नागरिकता बनाउन प्रशासन धाइरहेकी उनले भूकम्पले उठिबास लगाएको ९ महिनासम्म राहत त के पीडित परिचय पत्र सम्म पाएकी छैनन्। नागरिक दैनिकमा समाचार छ।
प्रभावित जिल्लाका टाठाबाठाले घरधुरी फुटाएर वास्तविकभन्दा बढी फर्जी कार्ड बनाएर त्यसकै आधारमा राहत बुझेका छन् तर सावित्रीजस्ता वास्तविक पीडितले भने पटक पटक सदरमुकाम आएर हारगुहार गर्दा पनि पीडितको परिचय पत्र पनि पउका छैनन्।

मुच्चोकस्थित घर बैशाख १२ को भूकम्पले भत्काउँदा सावित्री ६ दिनकी सुत्केरी थिइन्। बेलुका मासु खुवाउने आस देखाएर ज्यालामजदुरी राजधानी काठमाडौतिर लागेका उनका श्रीमान त्यसपछि कतै देखिएका छैनन्। पति भूकम्पमा कता पुरिए, केही ठेगान छैन।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts