काठमाडौं,माघ ८ ।आज बिहान भूकम्पको शक्तिशाली पराकम्प गएको छ । नुवाकोटको साल्मे गाँउ विकास समितिलाई केन्द्रबिन्दु बनाएर बिहान एक बजेर सात मिनेटमा चार दशमलव ६ रेक्टर स्केल मापनको शक्तिशाली पराकम्प गएको हो । बैशाख १२ को विनासकारी भूकम्प पछि लगातार जस्तो पराकम्प गएपनि आज बिहान गएको पराकम्प भने भूकम्पको स्वरुपमा जमिनलाई कम्पन दिदै गएको राष्ट्रिय भूकम्प मापन केन्द्र काठमाडौले जनाएको छ ।
करिब ६ सेकेण्ड जति गएको पराकम्पबाट केन्द्रबिन्दु भएको स्थान नुवाकोटको साल्मे सहित भाल्चे, किम्ताङ, मनकामना, फिकुरी, सामरी, रसुवाको डाँडागाँउ, ठूलोगाँउ, धादिङको झार्लाङ्ग, रि, बोरङ्ग लगायतमा भौतिक संरचनामा केही क्षति पु-याएको छ ।
बिहान गएको पराकम्पले यसअघिको भूकम्प तथा पराकम्पले जीर्ण बनाएको घरको केही भाग लडादिइको, पहिरो गएको, ढुङ्गा गुल्टिएको भएपनी मानवीय क्षति भएको खबर भने नआएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
पराकम्पको कम्पन नुवाकोट सहित, धादिङ, रसुवा, काठमाडौ, गोरखा लगायतको जिल्लामा गरिएको थियो । पराकम्प महशुस गरिएको जिल्लाका बासिन्दाहरु मध्येरातमा गएको पराकम्पको कारण त्रसित हुदै भागदौड समेत भएको थियो । – See more at:
Thursday, January 21, 2016
धादिङ र नुवाकोटलाई केन्द्रबिन्दू बनाएर भूकम्पको धक्का महसुस
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
काठमाडौं,मंसिर १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय समितिको वैठकमा पार्टीलाई एक नम्बर बनाउने भन्दै राजनितिक प्रतिवेदन ...
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,साउन १९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ सरकारमा नेपाली कांग्रेसका तर्फबाट नेता विमलेन्द्र न...
No comments:
Post a Comment