एजेन्सी,पुष २१ । स्पेनिस क्लब रियल मड्रिडले प्रशिक्षक राफेल बेनिटेजलाई नियुक्त गरेको ७ महिना मै बर्खास्त गरेको छ । कार्लोस एन्सिलोटीलाई प्रतिस्थापन गरेर प्रशिक्षकमा नियुक्त भएका बेनिटेज छोटै समयमा बर्खास्तिमा परेका हुन् । बेनिटेजको ठाउँमा अब जिनेदान जिदान नयाँ प्रशिक्षक नियुक्त बनेका छन् । जिदान अहिले रियल मड्रिडको बी टिमको प्रशिक्षकको रुपमा कार्यरत छन् ।
स्पेनिस ला लिगामा भ्यालेन्सियासँग २(२ को बराबरीमा रोकिएपछि क्लबको बोर्डले बेनिटेजलाई बर्खास्त गर्ने निर्णय गरेको हो । बेनिटेजको प्रशिक्षणमा रियल मड्रिडले २५ खेल खेल्यो, जस मध्ये ३ खेलमा मात्र हार व्यहोरेको छ । १७ खेलमा टीम विजयी भएको छ, जसमा माल्मोविरुद्ध ८-० र रायो भालेकानोविरुद्ध १०-२ को फराकिलो जित समेत हात पारेको छ ।
फ्रान्सेली फुटबल टिमका पूर्व कप्तान ४३ वर्षका जिदान सन् २०१० को विश्वकप फाइनल खेलमा इटलीका मार्को माटेरेजीलाई टाउकोले हानेर घाइते बनाएका थिए । स्पेनिस ला लिगामा रियल मड्रिड १८ खेलबाट ३७ अंकसहित तेस्रो स्थानमा छ । समान १८ खेलबाट ४१ अंक जोडेको एथ्लेटिको मड्रिड शीर्ष स्थानमा छ भने एक खेल कम खेलेको बार्सिलोना ३९ अंकसहित दोस्रो स्थानमा छ । जिदानले रियल मिड्रडको प्रशिक्षकको रुपमा पहिलो खेल आउँदो शनिबार डिप्रोटिभो ला कोरुनासँगको खेल हुनेछ ।
No comments:
Post a Comment