काठमाडौं,पुष २१ । सन् २०१५ मा पर्यटकका रूपमा नेपाल आएर आपराधिक गतिविधिमा संलग्न ५१ देशका ३२६ विदेशी नागरिकलाई नेपाल आउन नपाउने गरी सरकारले निष्कासन गरेको छ । तीमध्ये धेरैजसो अध्यागमनसम्बन्धी अपराधमा संलग्न छन् । कानुन मिचेर नेपालमा बस्ने २७५ तथा अन्य विभिन्न फौजदारी मुद्दामा जेल परी छुटेका ६१ विदेशी निष्कासनमा परेका हुन् ।
पर्यटक भिसामा आएर अवैध बसाइ
निष्कासनमा परेकामध्ये धेरै पर्यटक भिसामा नेपाल आई पाँच महिनाभन्दा लामो समय अवैध रूपमा बस्नेहरू रहेको अध्यागमन विभागका महानिर्देशक केदार न्यौपानेले बताए । अध्यागमन ऐनअनुसार पर्यटक भिसा लिएर आउने विदेशीले नेपालमा एक वर्षमा बढीमा १५० दिनसम्म बस्न पाउँछन् । तर, धेरै विदेशी लुकिछिपी लामो समय बस्ने गरेका छन् । कडा सजाय नहुने भएकाले जानीजानी बस्ने धेरै रहेको नयाँ पत्रिकामा खबर छ ।
निष्कासनमा हुनेमा सबैभन्दा धेरै चिनियाँ
एक वर्षमा निष्कासित हुनेमा सबैभन्दा धेरै चिनियाँ नागरिक छन् । निष्कासित भएका ९३ मध्ये ८२ जना पाँच महिनाभन्दा बढी बसेको र ११ जना अन्य मुद्दामा पक्राउ परेर छुटेका हुन् ।
त्यस्तै, अमेरिकी नागरिकमध्ये ३६ जना ओभरस्टे र जेलबाट छुटेका दुईजना निष्कासनमा परेका छन् । उज्वेकिस्तानका १९, बंगलादेशका १८, बेलायतका १५, सिरियाका १४, अस्ट्रेलियाका १२, फ्रान्सका १२, इरानका नौ, रसियाका आठ, क्यानडाका सातजना निष्कासनमा परेका छन् ।
कोरिया, बेल्जियम र फिलिपिन्सका पाँच–पाँच, नेदरल्यान्ड, बेल्जियम, युक्रेनका चार–चार, श्रीलंका, स्विट्जरल्यान्ड र जर्मनीका तीन–तीन छन् । भियतनाम, पाकिस्तान, अल्जेरिया, इन्डोनेसिया, क्यामरुन, पोल्यान्ड, नाइजेरिया, जर्जिया, हङकङ, इजरायल, टर्की, ताइवान र डेनमार्कका दुई–दुई छन् ।
म्यानमार, ग्रिस, आइभोरी कोस्ट, मलेसिया, मेक्सिको, इजिप्ट, न्युजिल्यान्ड, माल्दिभ्स, लिथोनिया, कंगो, स्विडेन, थाइल्यान्ड, आयरल्यान्ड, स्पेन, बेलारुस, सोमालिया, स्लोभानियाका एक–एकजना छन् ।
Monday, January 4, 2016
तीन सय २६ विदेशीलाई नेपाल आउन नपाउनेगरी निष्कासित
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
काठमाडौं,मंसिर १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय समितिको वैठकमा पार्टीलाई एक नम्बर बनाउने भन्दै राजनितिक प्रतिवेदन ...
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,साउन १९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ सरकारमा नेपाली कांग्रेसका तर्फबाट नेता विमलेन्द्र न...
No comments:
Post a Comment