रुकुम २४ पुस । स्थानीय शान्ति समिति रुकुमले जिल्ला प्रहरी कार्यालय रुकुमका प्रमुख, प्रहरी नायव उपरिक्षक गोविन्द थपलियालाई विदाइ गरेको छ । शान्ति समितिको सल्लाहकारको हैसियतमा प्रनाउ थपलियालाई विदाइ गरिएको समितिले जनाएको छ । सदरमुका खलंगा स्थित शान्तिमार्गमा रहेको कार्यालयमा कार्यक्रम आयोजना गरी थपलियालाई विदाई गरिएको थियो ।
कार्यक्रममा विदाई मन्तव्य राख्दै कार्यक्रमका अध्यक्ष एवं शान्ति समितिका संयोजक खडकबहादुर डाँगीले द्धन्द्ध पीडितहरुलाई राहत प्रदानका लागी सिफारिस गर्ने बिभिन्न समितिमा रहेर समितिलाई उल्लेख्य सहयोग गरेको भन्दै प्रनाउ थपलिया र जिल्ला प्रहरी कार्यालय रुकुमलाई धन्यवाद दिनुभएको थियो । विशेष गरी मुचुल्का तयार पार्ने सन्दर्भमा प्रनाउ थपलियाको भूमिका महत्वपूर्ण रहेको डाँगीले बताउनुभयो । कार्यक्रममा बोल्दै थपलियाले रुकुम रहदा बस्दा र दैनिक कार्य सम्पादनका बेला रुकुमेली नागरिकले गरेको सहयोग सह्रानिय भएको भन्दै प्रहरी र नागरिकको सम्बन्ध सधै नजिकको हुनुपर्ने बताउनुभयो । कार्य सम्पादनको धेरै समयमा शान्ति समितिको महत्वपुर्ण सहयोग पाएको भन्दै आगामि दिनमा पनि कार्यालयले त्यस्तै सहयोगको अपेक्षा रहेको बताउनुभयो ।
कार्यक्रममा स्थानीय शान्ति समितिका सदस्य गिरीप्रसाद बुढा र नेपाल पत्रकार महासंघ रुकुमका सहसचिव हरि गौतमले विदाई मन्तव्य राखेका थिए । स्थानीय शान्ति समिति रुकुमका सचिव राजु लामिछानेले सञ्चालन गरेको कार्यक्रममा शान्ति समितिका सदस्य धनबहादुर खड््का, संघीय समाजवादीका राजेश पुन, शान्ति समितिका पूर्व सचिव शेरबहादुर केसी, आहा सञ्चार साप्ताहीकका सम्पादक मेगराज खड्का, रेखदेख साप्ताहिकका सम्पादक प्रवीर ददेल, गोरखा पत्रका सम्बाददाता गणेश विक, सगरमाथा टिभिका समाचारदाता गणेश खनाल तथा शान्ति समितिका कर्मचारीको उपस्थिति रहेको थियो ।
No comments:
Post a Comment