Friday, January 8, 2016

पुग्ला त ओलीको बोली ?’सिलिण्डर युग समाप्त गरि,घरको चुला चुलामा पाइपबाट ग्यास पुर्‍याइदिन्छु’

काठमाडौं,पुष २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले घरको चुला चुलामा ग्यासको पाइप जोडिदिने दाबी गरेका छन् । भारतीय नाकाबन्दीका बेला जनतालाई ग्यास दिन नसकेर दाउरा बेचिरहेको सरकारका प्रधानमन्त्रीले घरको चुला चुलामा ग्यासको पाइप जोड्दा दाबी गरेका हुन् ।

एमाले कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने-‘ग्यासका सिलिण्डर काँधमा बोकेर, मोटसाइकलमा बोकेर हिड्नु पर्दैन सिलिण्डरको फेज (युग) समाप्त गरिदिन्छु ।’ उनले अघि भने-घरघरमा चुलाचुलामा पाइप पुर्‍याइदिन्छु । पिटिक्क खोल्दा ग्यासबाट होइन, पाइपबाट आउँछ ग्यास ।’

प्रधानमन्त्रीले निकै महत्वकाक्षी घोषणा गरिरहँदा कार्यकर्तालेे ताली बजाए र हलमा हाँसाको फोहोरा छुट्यो ।

ओलीले झन हौसिएर भने-ग्यासको बुटेल आयो कि आएन ? सिलिण्डर पायो कि पाएन ? कुन सिलिण्डर कता ? यो सब झमेला नौ भएन । एउटा मिटर टाँसिदिने भित्तामा, जति बाल्नुहुन्छ बाल्नुस् ।’

उनले यो कुरा सुनेर केहीलाई पिर पर्ने बताए । प्रधानमन्त्री ओलीले भुरुरु धुँवा छोड्ने डिजेलको बस होइन, इलेक्टि्रक बस चलाउने बताए ।’

उनले फोहोरबाट ग्यास निकाल्ने, हावाबाट विजुली निकाल्ने र एक वर्षभित्र लोडसेडिङ अन्य गरेरै छाड्ने समेत बताए ।

पञ्चायत नबुझेका पत्रकारले जथाभावी लेखे

प्रधानमन्त्री ओलीले राज्यकोषको ढुकुटीको दुरुपयोग नगरेको दाबी गरे । लोकतन्त्र प्राप्तिका लागि संघर्ष गरेका र जेलनेल भोगेका नेताहरुको उपचारका लागि आर्थिक सहायता दिएको भन्दै उनले पञ्चायतको बारेमा जानकारी नै नभएका पत्रकारले जथाभावी रुपमा सहायता वितरण गरिएको भनेर समाचार लेखेको बताए ।

कांग्रेसमा हुटहुटी

कांग्रेसका नेताहरुमा सरकारको नेतृत्व गर्ने हुटहुटी बढेको दाबी उनले गरे । तर, कांग्रेस नेताहरुको त्यो चाहना कुनै हालतमा पूरा नहुने उनले दाबी गरे ।

‘कांग्रेस नेताहरुले कुनै विरोध नै नगरी यो सरकारले सरक्क छोडेर गए हुन्थ्यो र नयाँ सरकारको नेतृत्व गरौंला भन्ने सोचिरहेका छन्’ ओलीले भने, ‘खेतमा रोपाईं गरिरहेको सरकारले आलीमा बसेर गफ गरी समय काट्नेको कुरा सुन्दैन ।’
-www.onlinekhabar.com

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts