Friday, January 8, 2016

तीन दल र मधेशी मोर्चाको कार्यदलबीचको वार्ता सहमति नजिक

काठमाडौं,पुष २४ । सरकारमा रहेका दल, आन्दोलनरत संयुक्र लोकतान्त्रिक मधेसी मोर्चा र नेपाली कांग्रेसका नेताहरु सम्मिलित कार्यदलमा भएको छलफल सकारात्मक भएको छ । सिंहदरवारमा भएको छलफलमा मोर्चाको ११ बुँदे मागका सम्बन्धमा छलफलका विषयमा दुई पक्षीय कार्यदलको वार्ता सहमति नजिक पुगेको छ ।

संविधान संशोधन विधेयकमाथि दर्ता भएका संशोधन प्रस्ताव, सीमांकन टुंग्याउनका लागि गठन गर्ने भनिएको राजनीतिक संयन्त्रको क्षेत्राधिकार लगायतका विषयमा छलफल भएको र छलफल सहमति उन्मुख रहेको वार्तामा सहभागी नेताहरुले बताएका छन् । यो छलफल शनिबार पनि हुने नेताहरुले बताएका छन् ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts