काठमाडौं,माघ १० । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईको नेतृत्वमा नयाँ शक्ति निर्माण अभियानको राष्ट्रिय परिषदको घोषणा हुँदैछ । वि.सं. २०७३ साल बैशाखमा नयाँ पार्टी घोषणा गर्ने तयारीका रहेका डा।भट्टराईले एक पत्रकार सम्मेलनको आयोजना गरी नयाँ शक्ति निर्माण अभियानको राष्ट्रिय परिषद घोषणा गर्न लागेका हुन् । यसका लागि भट्टराईले पत्रकार सम्मेलन राखेका छन् ।
भट्टराईको नयाँ शक्तिमा पासाङ शेर्पा, केशवमान शाक्य, पूर्व एआइजी गणेश राई समेत सहभागी हुने स्रोतले जनाएको छ । यसैगरी नायिका करिश्मा मानन्धर निर्माता अशोक शर्मालगायत पनि नयाँ शक्तिमा लाग्ने चर्चा चलाइएको छ । अभिनेता सरोज खनाल भने यसअघि नै भट्टराईको नयाँ शक्ति निर्माण अभियानमा लागिसकेका छन् । यसअघिदेखिनै नयाँ शक्तिको पक्षमा खुलिसकेका छन् भने केहि आजदेखि नै औपचारिक रुपमा लाग्नेछन् । उनीहरुसबैलाई राष्ट्रिय परिषद्मा राखिने सम्भावना रहेको स्रोतको भनाई छ ।
No comments:
Post a Comment