काठमाडौं,माघ १० । नेपालको ब्यवस्थापिका संसदले संविधानमा हिजो गरेको पहिलो संशोधनलाई भारतले स्वागतयोग्य भनेको छ । भारतीय विदेश मन्त्रालयले आइतबार अपरान्ह वक्तव्य प्रकाशित गर्दै संविधान संशोधनप्रति सकरात्मक टिप्पणी गरेको हो । भारतले भनेको छ -‘संसदले पास परेको दुई संशोधनलाई सकरात्मक विकासको रुपमा हामी सम्मान गर्दछौं, आगामी दिनमा अन्य मुद्दाहरु पनि यसैगरी सकारात्मक रुपमा सम्बोधन हुनेमा विश्वास लिएका छौं ।’
नेपालका सबै प्रमुख दलहरुको सहमतिमा संविधान संशोधन गरिएको हो । भारतले यस अघि नै संविधान संशोधन गरिए नाकामा देखिएको अवरोध हट्ने जनाएको थियो । यसअघि परराष्ट्रमन्त्री कमल थापा भारत भ्रमणमा गएका बेला संविधान संशोधनपपछि भारतले स्वागत गर्ने र नाकाबन्दी खुल्ने सहमति भएको सरकारी स्रोतको दावी छ ।
No comments:
Post a Comment