पोखरा,पुष २२ । कसैले मिठो कुरा गरेर जवानीसँग खेल्न खोज्दैछ भने होसियार हुनुहोस् । आफन्त, परिचितको भर परेर तन मन सुम्पिएमा जीन्दगीभर पछुताउनुपर्ला । कास्कीको लेखनाथ नगरपालिका १८ भरतपोखरीकी २० वर्षीय एक युवती यतिखेर झुटो पिरतीको पछि लाग्दा तीन महिने शिशुसँगै घरन घाटकी बनेकी छन् ।
पति वैदेशसिक रोजगारीमा पुगेको बेला छिमेकी युवाको रमाइलो कुराको पछि लागि जवानी सुम्पेकी उनी अहिले न्यायको लागि भौतारिँदै हिँड्नु परेको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । पीडितका अनुसार भरतपोखरीकै २४ वर्षीय मदन लामिछानेले मायाँ गर्छु विवाह गर्छु भन्दै वाचा गरेर गर्भवती बनाएपनि बच्चा जन्मिएपनि अस्वीकार गरेपछि उनको बेहाल भएको छ ।
No comments:
Post a Comment