Tuesday, January 5, 2016

लिग कप फुटबलमा स्टोक सिटी लिभरपुलसँग पराजित

एजेन्सी,पुष २२ । स्टोक सिटीलाई उसैको मैदानमा हराउँदै लिभरपुल इंङ्गलिस लिग कप फुटबलको सेमिफाइनल पहिलो लेगको खेलमा विजयी भएको छ । मंगलबार राति भएको खेलमा स्टोक सिटी आफ्नै मैदानमा मैदानमा १-० ले पराजित भयो ।

जोर्डन आईबले ३७ औं मिनेटमा गोल गर्दै अग्रता लिएपनि उक्त गोल नै निर्णायक बन्न पुग्यो । लिभरपुल र स्टोक सिटीविचको सेमीफाइनल दोस्रो लेगको खेल आगामि माघ १२ गते लिभरपुलको मैदान एन्फील्डमा हुनेछ । लिग कप फुटबल अन्तर्गतको दोस्रो सेमीफाईनल खेलमा आज राती एभर्टन र म्यान्चेस्टर सिटी भिड्नेछन् ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts