Wednesday, January 13, 2016

उपत्यकामा प्रहरी आक्रामक, गुन्डा रक्षात्मक: बुलेटप्रुफ ज्याकेट लगाउन थाले गुन्डा

काठमाडौं,पुष ३० । पाँच महिनाअघि प्रहरी मुठभेडमा मारिएका गुन्डा नाइके कुमार घैंटेका प्रमुख सहयोगी युवराज गुरुङ ‘सानुभाइ’ बुलेटप्रुफ ज्याकेट लगाएर हिडिरहेको अवस्थामा पक्राउ परे। गत २५ पुसमा नुवाकोटको रातमाटे गाविसको महादेवफाँटबाट पक्राउ परेका गुरुङ बुलेटप्रुफ ज्याकेट लगाएर एक राउन्ड गोली लोड गरिएको रिभल्वर बोकेर हिँडिरहेका थिए। नयाँ पत्रिका दैनिकमा समाचार छ।

प्रहरीसँगको बयानमा उनले ‘शत्रु’ धेरै भएकाले बुलेटप्रुफ ज्याकेट लगाएर हिँड्ने गरेको बताएको नुवाकोट प्रहरी प्रमुख डिएसपी सिद्धिविक्रम शाहले जानकारी दिए। डिएसपी शाहले भने,‘कसैले गोली हान्न सक्ने डरले ज्याकेट लगाउने गरेको देखिन्छ।’

गुरुङले कसैले गोली हान्न सक्ने डरले ज्याकेट लगाएको बताए पनि त्यो डर मुख्यतः प्रहरीकै हो भन्ने बुझ्न गाह्रो पर्दैन। गुन्डा नाइकेमाथि प्रहरीले इन्काउन्टर गर्न थालेपछि उनीहरुले बुलेटप्रुफ ज्याकेट लगाउन थालेका हुन्। प्रहरीले आक्रामक कारबाही थालेपछि केही भागेका छन् भने केहीले सुरक्षाका लागि बुलेटप्रुफ ज्याकेट लगाउन थालेका हुन्।

राजधानीमा दुर्इ ठूला गुन्डा नाइके प्रहरी मुठभेडमा मारिएपछि गुन्डागर्दीमा संलग्नहरु डराउन थालेका छन्।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts