वीरगन्ज,पुष ३०। वीरगन्ज नाकास्थित धर्नास्तलमा बुधबार अपराह्न ६ जना बसिरहेका थिए । तीमध्ये चार जना त्रिपालमा र दुई साधु मधेसी मोर्चाको व्यानरमुनि आगो तापिरहेका थिए । आवागमन अवरुद्ध पार्न मूल सडकमा तेस्र्याइएका बाँसमुनिबाट पैदल यात्रु, साइकल र मोटरसाइकल ओहोरदोहोर गरिरहेका देखिन्थे ।
छठ पर्वयता धर्नामा बस्ने आन्दोलनकारीको संख्या न्यून बनेको छ । तर, रक्सौल भन्सारका कर्मचारीले सीमा अवरुद्द रहेकाले मालवाह सवारी साधन पठाउन नसकिएको बताउँदै आएका छन् । तिनै कर्मचारीले खुद्रा सामान भने निर्वाध आउन दिइरहेका छन् ।
संविधान र प्रदेश सीमांकनप्रति असन्तुष्टि राख्दै मधेस केन्द्रित दलहरुले काठमाडौंको दानापानी ठप्प पार्ने भन्दै थालेको सीमानाका धर्ना फिर्ता भएको छैन । तर, वीरगन्ज रक्सौलबाहेक सबै नाका सूचारु भइसकेका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।
No comments:
Post a Comment