एजेन्सी,पुष २६ । स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा रियल मड्रिड विजयी भएको छ । मड्रिडको प्रशिक्षकमा नियुक्त भएका जिनेदिन जिदानले प्रशिक्षकको करियर सुखद नजिताबाट सुरुवात गरेका छन्। जिदानको पहिलो खेलमा रियल मड्रिडले ग्यारेथ बेलले हृयाट्रिकको मद्दतमा डिपोर्टिभोमाथि सहज जित हात पारेको छ ।
रियल मड्रिडले डिप्रोटिभो डी ला कोरुनालाई ५–० ले हराएको हो । रियलका लागि ग्यारेथ बेलले ह्याट्रिक गरे भने करिम बेन्जिमाले दुई गोल गरे । १५ औं मिनेटमा बेन्जिमाले रियलका लागि पहिलो गोल गरे । २२ औं मिनेटमा बेलले रियलको अग्रता दोब्बर पारे । पहिलो हाफमा २–० ले अघि रहेको रियलका लागि बेलले ४९ र ६३ औं मिनेटमा थप दुई गोल गरी ह्याट्रिक पूरा गरे भने रियलको अग्रता ४–० मा पुग्यो ।
९० औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गरेपछि रियल ५–० ले विजयी भयो । जितपछि तेस्रो स्थानमा रहेको रियलको १९ खेलबाट ४० अंक भएको छ । रियलले भन्दा एक खेल कम खेलेको बार्सिलोना ४२ अंकसहित शीर्ष स्थानमा छ भने ४१ अंक जोडेको एथ्लेटिको मड्रिड दोस्रो स्थानमा छ । शनिबार रातिको खेलमा पराजित भएको डिप्रोटिभो डी ला कोरुना १९ खेलबाट २७ अंकसहित नवौं स्थानमा छ ।
No comments:
Post a Comment