एजेन्सी,पुष २६ । लिओनल मेस्सीको हृयाट्रिकको मदतमा ग्रानाडामाथि सहज जित हात पार्दै बार्सिलोना स्पेनिस ला लिग फुटबलको शीर्ष स्थानमा फर्किएको छ । शनिबार राति भएको खेलमा ग्रनाडालाई ४–० ले हराएर बार्सिलोना शीर्ष स्थानमा फर्किएको हो । बार्सिलोनाको जितमा लियोनल मेस्सीले ह्याट्रिक गरे भने नेइमारले एक गोल गरे ।
बार्सिलोनाले ८ औं मिनेटमा मेस्सीको गोलबाट अग्रता लिएको थियो । १४ औं मिनेटमा दोस्रो गोल गरेपछि बार्सिलोना पहिलो हाफमा २–० ले अघि रह्यो । ५८ औं मिनेटमा गोल गर्दै मेस्सीले ह्याट्रिक पूरा गरे । नेइमारले ८३ औं मिनेटमा गोल गरेपछि बार्सिलोना ४–० ले विजयी भयो । जितपछि शीर्ष स्थानमा उक्लिएको बार्सिलोनाको १८ खेलबाट ४२ अंक भएको छ । दोस्रो स्थानको एथ्लेटिको मड्रिडको ४१ अंक छ भने एक खेल बढी खेलेको रियल मड्रिड ४० अंकसहित तेस्रो स्थानमा छ
No comments:
Post a Comment