Saturday, January 9, 2016

भारत जाने तयारीमा पूर्वराष्ट्रपति यादव

काठमाडौं,पुष २६ । पूर्वराष्ट्रपति डा. रामवरण यादव माघ दोस्रो साता भारत भ्रमणमा जाने भएका छन्। राजस्थानमा आयोजित उक धार्मिक कार्यक्रमको प्रमुख अतिथिका रुपमा यादव भारत जान लागेका हुन्। राष्ट्रपतिको कार्यकाल सकिएपछि उनको यो पहिलो भ्रमण हुन लागेकको हो। पारिवारिक स्रोतका अनुसार यादव राजस्थान र दिल्लीमा करिब दुई साता रहनेछन्। सुरुमा राजस्थान जाने र फर्किएर दिल्ली बस्ने कार्यक्रम छ।

दिल्लीमा यादवले भारतका राष्ट्रपति प्रणव मुखर्जी र केही पूर्वराष्ट्रपतिहरुसँग भेटवार्ता गर्ने गरी कार्यक्रम बनिरहेको उनी निकटस्थ स्रोतले जनाएको नयाँ पत्रिका दैनिकमा समाचार छ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts