Saturday, January 9, 2016

ऐतिहासिक संरचनाको पुनर्निर्माण तत्काल सुरु गरिने

काठमाडौं,पुष २६ । वैशाखको ‘बारपाक भूकम्प’ र त्यसपछिका परकम्पले भत्काएका ऐतिहासिक भौतिक संरचनाको पुननिर्माण तत्काल सुरु हुने भएको छ माघ २ बाट सुरु हुने भनिएको पुनर्निर्माण अभियासँगै ऐतिहासिक सांस्कृतिक सम्पदाको पुनर्निर्माण अघि बढाइने पुरातत्व विभागले जनाएको हो । भूकम्प गएको ९ महिनासम्म राहत र उद्धारबाहेकका काम सरकारले गरेको छैन ।

‘तत्कालीन र दीर्घकालीन योजनाका साथ चार वर्षमा सबै संरचनाको पुनर्निर्माण सक्नेगरी काम अघि बढ्दैछ,’ पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले भने, ‘वाषिर्क तथा बहुवर्षीय योजनाका साथ अघि बढाइने पुननिर्माणको काम समयमै सक्ने हाम्रो लक्ष्य छ ।’
सुरुमा आंशिक रुपमा क्षति भएका र चाँडै मर्मत हुने ऐतिहासिक संरचनाको काम अघि बढाइने उनले जानकारी दिएको कारोबार दैनिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts