Saturday, January 2, 2016

चिनियाँ राष्ट्रपति जिनपिङ नेपाल आउँने

काठमाडौं,पुष १९ । नयाँ वर्षको आरम्भसँगै चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण विषयले पुनः चर्चा पाएको छ । तिब्बत रेलमार्ग काठमाडौंसम्म विस्तार गर्ने , तेलको पाइपलाइन जोड्नेलगायत केही महत्त्वपूर्ण विषयमा भइरहेको गृहकार्य निष्कर्षमा पुग्यो भने नेपाल– चीन सम्बन्धमा ब्रेक थ्रु हुने गरी राष्ट्रपति सी जिनपिङको भ्रमण आयोजना गर्ने बेइजिङले तयारी थालेको आजको नागरिक दैनिकमा खबर छ ।

बेइजिङमा गत साता विदेशमन्त्री तहमा भएको दुईपक्षीय वार्तामा उच्चस्तरीय भ्रमणको विषयले निकै महत्त्व पाएको थियो । चीनले प्रधानमन्त्री केपी ओलीलाई चाँडै चीन भ्रमण गर्न आमन्त्रण गरेको छ भने चीनबाट पनि उच्च भ्रमण हुने प्रतिवद्धता आएको छ ।
पेट्रोलियम पदार्थको व्यापारिक कारोबारका लागि पहल गर्ने र अन्य केही मुद्दामा छलफल गर्ने सामान्य तयारीमा बेइजिङ पुगेको उपप्रधान तथा परराष्ट्र मन्त्रत्री कमल थापाको टोली दुई देशबीच दीर्घकालीन आर्थिक सम्बन्ध विस्तारको खाकासहित फर्केको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts