Saturday, January 2, 2016

तीन महिनाभित्र यस्तो बन्दैछ बाबुरामको नयाँ शक्ति

काठमाडौं, पुष  १९ ।  पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति अभियानका संयोजक बाबुराम भट्टराईले तीन महिना भित्रै नयाँ पार्टी घोषणा गर्ने बताएका छन् । भट्टराईले २०७२ सालभित्रमै नयाँ शक्तिलाई राजनीतिक पार्टीमा रुपान्तरण गर्ने तयारी गरेका हुन् । नयाँ शक्तिलाई राजनीतिक पार्टीमा रुपान्तरण गर्न अहिले आफू सबै पक्षसँगको छलफलमा रहेको भन्दै आर्थिक विकासमा राजनीतिक हस्तक्षेप गर्न पनि पार्टीको रुपमा रुपान्तरण गर्नै पर्ने आवश्यकता भट्टराईले औल्याए । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

रिपोर्टर्स क्लब नेपालको प्रतिनिधिमण्डलसँग शनिवार भट्टराईले भने,‘मुलुकको आर्थिक विकासमा राजनीतिक रुपमा हस्तक्षेप नगरे त्यो अघि बढ्न सक्दैन । नयाँ पार्टीले बैकल्पिक शक्तिको रुपमा भ्रष्टाचार मुक्त भएर आर्थिक विकास र समृद्धिकोलागि काम गर्छ ।’ आफू एकीकृत माओवादीमा पुनः फर्किने सम्भावना नरहेको प्रष्टयाउँदै भट्टराईले भने,‘पुरानोले नहुने भएर नयाँ शक्तिको आवश्यकता भएको हो । अब सबै नयाँ बन्नु आवश्यक छ ।’

समानुपातिक समावेशीता र जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने कुरामा मोटामोटी सहमति बनिसकेको उल्लेख गर्दै मुल समस्या सीमांकनमा रहेकोले अहिले नै सहमतिमा गरेर गए राम्रो हुने भट्टराईले बताए । भट्टराईले भने,‘ सीमांकन तत्काल टुङग्याउँदा राम्रो हुन्छ । त्यसो गरे झगडाको बिऊ बाँकी रहँदैन । सीमांकनमा धेरै छलफल भईसकेकोले यसलाई तत्काल टुङग्याउँदा राम्रो हुन्छ, नभए मधेस आन्दोलन राजनीतिक दलको हातबाट अरु तिर जाने खतरा छ ।

पहिलो संविधानसभाको राज्य पुर्नसंरचन तथा राज्य शक्तिको बाडफाड समिति र सरकारले गठन गरेको राज्य पुर्नसंरचना आयोगको प्रतिवेदनको वरिपरि रहेर खोजे समाधान निष्कन्छ ।’ उनले जनयूद्ध पनि बार्ता र संबादकै बाटोबाट टुङगिएको स्मरण गर्दै मधेस समस्या पनि शान्तिपूर्ण रुपमा संबाद बाट नटुङगिने कुरै नहुने दावी गरे । भट्टराईले भने,‘ मधेसको समस्या छिटो समाधान गरेर समृद्धिको बाटो तिर लाग्नु पर्छ । मैले पनि आफ्नो तर्फबाट कुरा गरिरहेको छु । मैले आन्दोलनकारी र राज्य पक्षीय दलहरुसँग पनि कुरा गरिरहेको छु । कसैले जितेको वा हारेको अवस्था होईन त्यसैले यो बार्ता संबादबाटै समाधान हुन्छ ।’

भारतसँगको कटुता तत्काल अन्य गरेर सम्बन्ध सुधार गर्नु पर्ने आवश्यकता औल्याउँदै भारतसँगको सम्बन्धमा केही समय अवरोधमात्रै भएको उल्लेख गरे । उनले भने,‘ यूद्ध भएका देशहरुवीच त सम्बन्ध सुध्रन्छ हाम्रो केही समय अवरोध भएको अवस्था मात्रै हो । हामीले हाम्रो समस्या समाधान गरेर कुटनीतिक ढंगले सम्बन्ध सुधार्नु पर्छ । हाम्रो समस्या समाधान गरेर पनि स्थिति सहज भएन भने भारत दोषी हुन्छ ।’ भट्टराईले नेपालको राजनीतिक अवस्थिती विशिष्ट किसिमको भएको भन्दै दुई विश्वको आर्थिक महाशक्ति हुने तरखरमा रहेकोले नेपाल दुई देशवीचको गतिशिल पुल बनेर विकासमा अघि बढ्नु पर्ने बताए ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts