Saturday, January 2, 2016

ओलीको प्रश्न -‘ मा कानमा तेल हालेर बसेको छैन, भूकम्प गएको ६ महिनामा अघिल्लो सरकारले के गर्‍यो ?

काठमाडौं,पुष १८ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीदल कांग्रेसलाई आफू कानमा तेल हालेर नबसेको जवाफ दिएका छन् । भुकम्प प्रभावितहरुलाई चिसोबाट बचाउनका लागि कुनै काम नगरेको भनेर प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका नेताहरुबाट आलोचना खेप्दै आएका प्रधानमन्त्री ओलीले

नेपाल इन्जिनियर्स एशोसियशनको आयोजनामा भएको ग्रामिण आवाससम्बन्धी प्रदर्शनीको शनिबार समापन गर्दै प्रधानमन्त्री ओलीले आफू  कामै नगरी कानमा तेल हालेर नबसेको बताएका हुन ।
ओलीले भने सरकारको नेतृत्व भूकम्प गएको ६ महिनामा अघिल्लो सरकारले के गर्‍यो भनेर प्रश्न गरेका छन् ।

प्रधानमन्त्री ओलीले भुकम्प प्रभावितहरुको पीडाप्रति गम्भिर भएर नै आफूले पुनर्निमाण सम्बन्धी विधेयक पारित गर्न मुख्य भूमिका खेलेको र पुनर्निर्माण प्राधिकरणमा प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको बताएका छन् ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts